एमसीसीको विपक्षमा उभियो माओवादी, सहमतिविना टेबल भए सरकार छाड्ने चेतावनी

काठमाडौं, ४ फागुन । नेकपा माओवादी केन्द्रले एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले संसदबाट जबरजस्ती एमसीसी पारित गरिए सरकार छाड्ने बैठकले निर्णय गरेको छ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन्।

उनले यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा माओवादी केन्द्र नभएको स्पष्ट पारे।

‘संसदमा एमसीसी टेबल भए विपक्षमा उभिने निर्णय भएको छ’, प्रमुख सचेतक गुरुङले भने, ‘जबरजस्ती गरे सरकार छोड्ने निर्णय भएको छ।’

माओवादी अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले ‘नेकपा माओवादीको संसदीय दलको बैठक सकियो, संसद सुचारू नहुँदासम्म र सहमति नबन्दासम्म MCC टेबल गर्न नसकिने निष्कर्ष,’ फेसबूकमा लेखेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here