लगातार बढेको सुनको मूल्य एकैदिन १६ सय घट्यो

काठमाडौं, ४ फागुन । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

लगातार बढेर तोलामा ९६ हजार ७ सय रुपैयाँमा पुगेको सुनको भाउ तोलामा सुन १६ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलवार तोलामा १२ सय र आइतवार १५ सय रुपैयाँले बढेको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ रहेको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । मंगलवार तोलामा १३२० रुपैयाँ रहेको चाँदी आज १२८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here