आइएमई-पेबाट हवाई टिकट बुकिङ गर्ने दुई जोडीलाई चन्द्रागिरिको आकर्षक प्याकेज

काठमाडौं, ४ फागुन । आइएमई–पेले प्रणय दिवसको अवसरमा ल्याइएको अफरअन्तर्गत हवाई टिकट बुकिङ गर्ने दुई वटा जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जितेको छ ।

क्याम्पियन अवधि ४ फेब्रुअरीदेखि १२ फेब्रुअरी २०२२ सम्म रहेकोे थियो भने सोही विजेताहरुको घोषणा लक्की–ड्रमार्फत गरिएको छ । सेवाग्राहीहरु काठमाडौँका दिनेश कुमार निरौला र दुर्गा गुरुङ्गलाई पानीपोखरीस्थित आईएमई कम्प्लेक्समा राखिएको एक विशेष कार्यक्रममा टिकट हस्तान्तरण गरिएको छ ।

सोही प्याकेजमा दुई वटा जोडीलाई चन्द्रागिरि रिसोर्टको डिलक्स रुम, चन्द्रागिरी केबलकार टिकट, ब्रेकफास्ट, बेड र डिनरको एक्स्क्लुसिभ अफर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here