इमर्जिङ नेपालको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, ४ फागुन । इमर्जिङ नेपालको आइपीओ बाँडफाँड भएको छ ।

कार्निभल रेष्ट्रो, अनामनगर काठमाडौंमा बुधवार दिउँसो आइपीओ बाँडफाँड भएको छ ।

कम्पनीले माघ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

यो आइपीओमा कुल २३ लाख ३१ हजार २ सय ५८ जनाको आवेदन परेकोमा २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या २३ लाख हजार ७ सय ६ जना कायम भएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओको बाँडफाँड गोलाप्रथाबाट भएको छ ।

जसमा भाग्यमानी ५१ हजार ६७० आवेदकले १० कित्ता दरले शेयर पाएका छन् । भने तिनैमध्ये ८ आवेदकले थप १–१ कित्ता शेयर पाएका छन् ।

यसरी हेर्नुहोस् नतिजा

लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड वेबसाइट र इमर्जिङ नेपालको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here