थप ६३९ जनामा कोरोना पुष्टी, १६०० जना संक्रमण मुक्त

काठमाडौं, ४ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७८२ जनाको पीसीआर परीक्षण गर्दा ५४८ जना र २९७४ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७४ हजार ४९३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६०० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ४४ हजार ३३७ पुगेको छ । संक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here