आउँदा महिनामा उच्च मूल्यवृद्धि हुने प्रक्षेपण, तीन महिनामा ८ र एक वर्षमा १० प्रतिशत मूल्य बढ्ने

काठमाडौं ४, माघ ।
आउँदा महिनाहरुमा मूल्यवृद्धि झनै चापमा रहने प्रक्षेपण गरिएको छ । राष्ट्र बैंकको एक सर्वेक्षणले यस्तो देखाएको छ ।

सर्वेक्षणका अनुसार आउँदो तीन महिनाभित्र मूल्यवृद्धिदर ८ प्रतिशत र एक वर्षमा १० प्रतिशत हुनसक्ने प्रक्षेपण छ । आगामी तीन महिनाको प्रक्षेपण यसअघिको कम हो । तर, एक वर्षको प्रक्षेपण यसअघिकै बराबर हो ।

सर्वेक्षणमा सहभागी उत्तरदाताहरुमध्ये करिब ९२ प्रतिशतले आगानी तीन महिनामा र करिब ९७ प्रतिशतले आगामी एक वर्षमा मूल्य बढ्ने प्रक्षेपण गरेको राष्ट्र बैंकले जनाएको छ ।

गत असोजको तुलनामा आगामी तीन महिनामा खाद्यान्न, दाल, चीनी, मसला, माछामासु, दुध, ध्यू र तेलको मूल्य बढ्ने र तर, रियल इस्टेटको मूल्य घट्ने अनुमान सहभागी उत्तरदाताहरुले गरेका छन् ।

यस्तै, आउँदो एक वर्षमा तरकारी, फलफुल, माछामासु, तेल, मदिरा र सुर्तिलगायत वस्तुको मूल्य गत असोजको तुलनामा बढ्ने तर, रियल इस्टेट क्षेत्रको मूल्य घट्ने अनुमान गरेका छन् ।

गत असोज २१ देखि २७ गतेसम्ममा मुलुकभरका १७ वटा ठूला शहरी क्षेत्रका १४ वटा बजारबाट विभिन्न उमेर समूहका उपभोक्तासँग स्थलगत अन्तरवार्ता गरेर सर्वेक्षण गरेको राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणमा शहरी क्षेत्रका ७ सय २० व्यक्तिगत उपभोक्ताबाट प्राप्त उत्तरका आधारमा सर्वेक्षणको नतिजा निकालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here