तरलता अभाव तत्काल कम नहुने संकेत, ३० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

काठमाडौं ५, फागुन ।
बैंक तथा वित्तीय संस्थामा तरलता समस्या समाधान नभएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

तरलताको समस्या समाधान गर्नकै लागि राष्ट्र बैंकले आउटराइट पर्चेज (सोझै खरिद बोलकबोल) मार्फत उल्लिखित रकम बजारमा पठाउन लागेको हो । यसको अवधि ६ महिना (आउँदो असारसम्म) हुने राष्ट्र बैंकले बताएको छ । यसका लागि सार्वजनिक रुपमा सूचना जारी भएको छ ।

बैंक तथा वित्तीय संस्थाले आज (बिहीबार) दिउसो ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकले भोलि (शुक्रबार) मात्र खरिद गर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण ५ करोड वा ५ करोडले भाग लाग्ने दरले खरिद आव्हान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नुपर्नेछ राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here