सेयर बजारमा सामान्य गिरावट, सवा २अर्वको कारोबार

काठमाडौं ५, फागुन । बिहीबार नेप्से परिसुचक १ दशमलव ९४ अंकले ओरालो लागेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको सेयर बजार आज पनि २ हजार ७ सय ३२ दशमलव ५१ अंकमा झरेर बन्द भएको हो ।

बिहीबार बैंकिङ,होटल तथा पर्यटन, विकास बैंक,फाइनान्स,बीमा तथा माइक्रोफाइनान्स समुहको परिसुचक ओरालो लागेको हो ।

घटेका परिसुचकमध्ये सबैभन्दा बढी बीमा समुह रहेको छ। त्यस्तै सो दिन ट्रेडिङ,जलविद्युत,उत्पादन,अन्य र म्युचुअल फण्ड समुह भने उकालो लागेको छ । सबैभन्दा बढी ट्रेडिङ समुह १२ दशमलव ३३ अंकले बढेको हो ।

सो दिन २ सय २७ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ४ लाख १७ हजार ४ सय २९ कित्ता सेयरबाट २ अर्ब २७ करोड ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here