कोभिड पुनर्कर्जा कम गर्दै राष्ट्र बैंक, अब पुनरुत्थान हुन बाँकी क्षेत्रमा केन्द्रित गरिने

काठमाडौं, ५ फागुन । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा सुविधा कम गर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै उसले पुनर्कर्जा सुविधा क्रमशः कम गर्दै यस्ता सुविधाहरुलाई कोभिड संक्रमणबाट अति प्रभावित भई पुनरुत्थान हुन बाँकी रहेका क्षेत्रतर्फ मात्र केन्द्रित गरिने बताएको हो ।

विभिन्न क्षेत्रमा आफूले लिएको नीतिको पुनरावलोकन गर्ने बताउँदै उसले वाह्य क्षेत्रमा देखापरेको असन्तुलनलाई मध्यनजर गर्दै कोभिड–१९ महामारीको असाधारण परिस्थितिका कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थानलाई सहजीकरण गर्न अवलम्बन गरिएका पुनरकर्जा सुविधा लगायतका अन्य नियामकीय सुविधा कम गर्ने योजना बनाएको हो ।

अहिले पुनरुत्थान हुन बाँकी क्षेत्रहरुमा पर्यटन क्षेत्रका व्यवसायहरु प्रमुख छन् ।

वाह्य क्षेत्र र तरलतामा विद्यमान चापको स्थितिलाई दृष्टिगत गर्दै वाह्य क्षेत्र स्थायित्वसहित समष्टिगत आर्थिक स्थायित्व कायम राख्नेतर्फ मौद्रिक व्यवस्थापन लक्षित हुने पनि केन्द्रीय बैंकको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here