राष्ट्र बैंकको नीतिले कर्जाको ब्याजदर थप बढ्ने, निजी क्षेत्रको माग सम्बोधन भएन

काठमाडौं ५, माघ ।
मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले कर्जाको ब्याजदर थप बढने भएको छ ।

राष्ट्र बैंकले २ प्रतिशत विन्दुले बैंक दर बढाएर ७ प्रतिशत पुरयाएको छ । यो वृद्धिले बैंकहरुको लागत बढ्छ । लागत बढेपछि आधारदर पनि बढ्छ । आधार दर बढेअनुसार कर्जाको ब्याजदर बढ्ने बैंकरहरुले बताएका छन् ।

यस्तै, राष्ट्र बैंकले स्थायी तरलता सुविधा (एसएलएफ) को दर पनि बढाएर ७ प्रतिशत पुरयाएको छ ।

पुनकर्जाको ब्याजदर पनि अधिकतम ७ प्रतिशत पुर्याएको छ । ती व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको लागत बढ्ने भएकाले आउँदा दिनमा बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर झन बढ्ने जानकारहरुले बताएका छ ।

उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ लगायत निजी क्षेत्रले कर्जाको ब्याजदर एकल अंकमा राख्न आग्रह गरिरहेको बेला राष्ट्र बैंकले झन ब्याजदर वृद्धिमा बढ्वा पुग्ने खालको नीति ल्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here