भारतमा ३८ जनालाई फाँसी, ११ जनालाई आजीवन कैदको सजाय

काठमाडौं । भारतको विशेष अदालतले श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ ।

अदालतले १४ वर्ष अघि भएको सो घटनाका संलग्नलाई फाँसीको सजाय सुनाएको हो । साथै अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।

सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए ।

घटनामा संलग्नमध्ये ४९ जना दोषी ठहर भएका हुन् । २८ जनाले भने सफाइ पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here