प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं ६, फागुन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले उकालो लागेको छ । केही समयदेखि लगातार बढीरहेको सुनको भाउ आज पनि बढेर प्रतितोला ९६ हजार ५ सय पुगेको हो ।

बिहीबार प्रतितोला ९६ हजार १ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको छ ।

यसको मूल्य बिहीबार प्रतितोला ९५ हजार ६ सय रुपैयाँ तोकिएको थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँ ले वृद्धि भएर १ हजार ३ सय ५ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here