मञ्जुश्री फाइनान्सको नयाँ शाखा कलंकीमा, शाखा संख्या २४ पुग्यो

काठमाडौं ७, फागुन । मञ्जुश्री फाइनान्सले कलंकीमा नयाँ शाखाको शुभारम्भ गरेको छ । यससँगै फाइनान्सको शाखा संख्या २४ पुगेको छ ।

पुस मसान्तसम्म रु.१ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको छ । राष्ट्रिय स्तरको यस फाईनान्सले रु ११.६३ अर्व निक्षेप संकलन गरि रु ११.०२ अर्ब कर्जा परिचालन गरेको छ ।

नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सको न्युरोड, नारायणगढ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सावजार, ईनरुवा, झुम्का वजार, विराटचोक, चाबहिल र गोंगबुमा गरि २३ वटा शाखा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here