जीवन विकास लघुवित्तको बम्पर लाभांश घोषणा

काठमाडौं, ८ फागुन । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ ।

लघुवित्त सञ्चालक समितिको फागुन ७ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.७८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

हाल ६० करोड ८४ लाख चुक्ता पूँजी रहेको लघुवित्तको बोनस सेयर वितरणपछि १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here