दोहोरो अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार

काठमाडौं, ८ फागुन । साताको कारोबारको पहिलोदिन शेयर बजार दोहोरो अंकले घटेको छ ।

कारोबार शुरु भएदेखि नै ओरोलो लागिरहेको शेयर बजार मापक सूचक (नेप्से) ३९.४० अंकले घटेर २६९३.१० विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३० कम्पनीको ४ अर्ब ८ करोड ६० लाख ८ हजार ४० रुपैयाँ बराबरको ७१ लाख २१ हजार ६३४ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूह मध्ये १ वटाको परिसूचक हरियो भएको छ भने १२ वटाको घटेको छ । आइतवार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

जीवन बीमा समूह सबैभन्दा धेरै २.४४ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादनमूलक, निर्जीवन बीमा र फाइनान्स समूह पनि २ प्रतिशतले घटेको छ

शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा तेह्रथुम पावर कम्पनी र युनाइटेड इदी मर्दी हाइड्रोपावर रहेको छ । युनाइटेडको शेयरमूल्य १० प्रतिशत र तेह्रथुमको ८.६४ प्रतिशतले बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी जीवन विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज ५८ करोड २ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको १९ करोड र अरुण भ्यालीको १७ करोडको कारोबार भएको छ ।

त्यस्तै नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स, रुरु जलविदुत परियोजना र प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

आइएमई जनरल, मिथिला लघुवित्त, नेरुडे लघुवित्त, हिमालयन जनरल इन्स्योरेन्स, गोर्खा फाइनान्स, युनियन लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्सको शेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here