राष्ट्र उत्थानको आइपीओमा आवेदनको ओइरो, अन्तिम दिनसम्म कतिले भरे ?

काठमाडौं, ८ फागुन । राष्ट्र उत्थान लघुवित्तको आइपीओमा आवेदनको ओइरो लागेको छ । आवेदनको अन्तिम दिन साँझ ५ बजेसम्ममा ३ अर्ब ४ करोड ३१ लख ३७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार २६ लाख २६ हजार ९० जनाले ३ करोड ४ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् ।

जुन जाल्पा सामुदायिक लघुवित्तको भन्दा कम हो । जाल्पाको आइपीओमा २७ लाख ९ हजार ८ सय ५५ जनाको आवेदन परेको थियो ।

राष्ट्र उत्थान कम्पनीले फागुन ४ गतेबाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो ।

कुल सेयरमध्ये ०.५ प्रतिशत (१३ हजार कित्ता) संस्थाका कर्मचारी र ५ प्रतिशत (४२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सेयरका लागि सर्वसाधरण छुट्याइएको थियो ।

यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here