दोहोरो अंकले बढ्यो नेप्से, धेरै कमाउने जलविद्युत समूहका लगानीकर्ता

काठमाडौं, ९ फागुन । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो शेयर बजार मापक सूचक (नेप्से)२५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार २२४ कम्पनीको २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ बराबरको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार ४ अर्ब ८ करोड ६० लाख ८ हजार ४० रुपैयाँ बराबरको भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक हरियो भएको छ । दोहोरो अंकले बढेको बजारमा बैंकिङ १६ , होटल तथा पर्यटन ३४ अंक, माइक्रोफाइनान्स १२ अंकले बढेको छ । निर्जीवन बीमा ३९, जलविद्युत ७२अंकले बढेको छ ।

विकास बैंक २२, फाइनान्स २७, उत्पादन समूह ६६ र जीवन बीमा समूह १९ ,अन्य उपसमूह २९ अंक र लगानी समूह १ अंकले बढेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा युनाइटेड इदी मर्दी हाइड्रोपावर र गुराँस लघुवित्त वित्तय संस्था रहेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको २६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको २६ करोड ३ लाख भन्दा बढीको कारोबार भएको छ । तेस्रोमा अरुण भ्यालीको १० करोडको कारोबार भएको छ ।

त्यस्तै, आज नविल डिभेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य एक प्रतिशत भन्दा बढीले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here