‘मेरो सेयर’ प्रयोगकर्ता ४० लाख नाघे, ८ अर्ब ११ करोड सेयर अभौतिकिकरण

काठमाडौं, ९ फागुन । डिम्याट खाता खोल्नेको संख्या ५० लाख नजिक पुगेको छ।

सीडीएससीको तथ्यांक अनुसार आइतवारसम्म डिम्याट खाता खोल्नेको संख्या ४९ लाख ७२ हजार ९०२ पुगेको हो ।

धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि ४१ लाख नजिक पुगेको छ। हालसम्म मेरो सेयर प्रयोगकर्ताको ४० लाख ८२ हजार ६१५ पुगेको छ।

‘मेरो सेयर’ सेयर कारोबारका लागि अनिवार्य रहेको छ। हालसम्म ८ अर्ब ११ करोड ८९ लाख १९ हजार ७३१ कित्ता शेयर विभिन्न व्यक्तिका डिम्याट खातामा संकलन छ।

पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो सेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ ।

नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट सेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि सेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक शेयर कारोबार थालेको थियो ।

१ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट सेयर मात्र कारोबार हुँदै आएको छ ।

डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक खातावालाले वार्षिक सय रुपैयाँ नवीकरण शुल्क तिनुपर्ने व्यवस्था रहेको छ ।

साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता निक्षेप सदस्यले नवीकरण नगरेसम्मका लागि रोक्कासमेत गर्न सकिने व्यवस्था छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here