थप ३८८ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

काठमाडौं, ९ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा २४७ जना र २९१५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ गरी ३८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७५ हजार ८०६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५२ हजार ५९९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९२५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here