काठमाडौं, ९ फागुन । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर ल्याएकाे छ ।
यस अफर अन्तर्गत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा रिफर गरेर आम्दानी गर्न सक्नेछन् ।
यस अफर अन्तरगत रिफर गरेको व्यक्तिले इसेवामा रजिष्टर गर्दा २० रुपैयाँ, सय रकम लोड गर्दा ५ रुपैयाँ र कारोबार गर्दा १० सहित ३५ आम्दानी गर्न सकिने कम्पनीले जनाएकाे छ ।
रिवार्ड प्राप्त गर्नको लागि रिफर लिंक आएको ७ दिन भित्र सोही लिंक क्लिक गरि आग्रह –रिफर स्विकार गर्नुपर्नेछ ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।