लालु यादवमाथि सात पटक जेल सजाय, तर बसाई भीआइपी अस्पतालमा

काठमाडौं,१० फागुन । बिहारका पूर्वमूख्यमन्त्री लागु प्रसाद यादव चर्चित (पशुपालन) चारा घोटाला काण्डमा दोषि सावित भएका छन् ।

उनलाई अदालतले ५ वर्षको जेल सजाय र ६० लाख रुपैयाँ जरिवानाको घोषणा गरेको हो । यो काण्ड लालु यादवविरुद्धको पाँचौं र अन्तिम मुद्दा हो । यसअघि यादव पटक पटक गरि ७ पटकसम्म जेल पुगेका छन् ।

यद्दपी ७४ वर्षिय यादव यतिबेला हिरासतकै अवस्थामा अस्पतालमा बसेका छन् । उनी राँचीको सबैभन्दा ठूलो सरकारी अस्पताल राजेन्द्र इन्स्टिच्यूट अफ मेडिकल साइन्सेसमा भर्ना भएका हुन् । उनी सोमबार भिडियो कन्फ्रेन्सका माध्यमबाट अदालती कारवाहीमा भने सहभागी भएका थिए ।

चारा घोटालामा लालगु कुल सात पटक जेल गएका छन् । ट्रेजरीबाट ३७.७ करोड भारु अवैध निकासा दिएको अभियोगमा पहिलो पटक उनलाई सन् २०१३ मा तीन वर्षको जेल सजाय सुनाइएको थियो । यस बेला पनि उनी मात्र ८ महिना मात्र जेल बसे । त्यसपछि उनी अस्पतालमा भर्ना भए ।

उनलाई सन् २०१८ मा तीन वर्षको जेल सजाय सुनाइएको छ । यो पनि ट्रेजरीबाट ८९.२७ लाख भारु अवैध निकासीको मामला हो । सन् २०१८ मै उनीमाथि तेस्रो जेल सजाय सुनाइयो । जहाँ ३३.६७ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो । यस मामलामा ५ वर्ष केद सुनाइएको छ ।

सोही वर्ष उनीमाथि ३.१३ करोठ हिनामिनाको आरोपमा ७ वर्षको जेल सजाय र १ करोड जरिवानाको सजाय सुनाइएको छ । सन् २०२२ मा सोमबार थप ५ वर्षको जेजल सजाय उनीमाथि सुनाइएको हो ।

चारा घोटाला सन् १९९० को मामला हो । जहाँ विभिन्न कोषमा रहेको ९ सय करोड रुपैयाँ अवैध निकासी गरी घोटाला गरेको देखिएको छ । यस मामलामा कैयौं नेता तथा कर्मचारी मुछिएका छन् । जसमा सबैभन्दा चर्चित पात्र लालु यादव हुन् ।

लालु यादव सन् १९९० मै बिहारको मूख्यमन्त्री बनेका थिए । विवादमा मुछिएपछि उनले १९९७ मा मूख्यमन्त्री पदबाट राजिनामा दिनु परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here