फेरि बढ्यो सुनको भाउ, प्रतितोला मूल्य ९७ हजार पुग्यो

काठमाडौं, १० फागुन । सुनको भाउ आजपनि बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार छापावाला र तेजाबी दुवैको भाउ प्रतितोला ८ सय रुपैयाँ बढेको हो । सोमवार ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा ८०० रुपैयाँले वृद्धि हुँदै मंगलबार ९७ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा ८ सय रुपैयाँले नै बढ्दै ९६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय १५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here