व्यापार घाटा १० खर्ब १५ अर्ब नाघ्यो, आयात-निर्यात दुवै वृद्धि

काठमाडौं, १० फागुन । आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा नेपालको व्यापार घाटा १० खर्ब नाघेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सात महिनामा (साउनदेखि माघसम्म) वैदेशिक व्यापार घाटा ३८.४५ प्रतिशतले बढेको हो ।

त्यस अवधिमा नेपालले १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ ।

गत आवको सोही अवधिमा नेपालको ७ अर्ब ३३ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालबाट भारत लगायत तेस्रो मुलकमा हुने निर्यात ४२.७८ प्रतिशतले बढेको छ ।

गत पुससम्म ९५.४८ प्रतिशतले आयात बढेकोमा माघ महिनामा आयात घटेको हो ।

यस्तै, नेपालको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले बढेको छ । यस अवधिमा १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख रुपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ ।

तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ७३ अर्ब ५६ करोड बराबरको थियो ।

त्यस अवधिमा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख वरावरको वस्तु आयात भएको छ । यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

सात महिनाको अवधिमा नेपालबाट १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको सामान निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड १७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here