देशभरका सामुदायिक विद्यालय तथा स्वास्थ्य संस्थामा निःशुल्क इण्टरनेट

काठमाडौं १० फागुन । देशभरका सबै सामुदायिक माध्यमिक विद्यालय तथा स्वास्थ्य संस्थामा नि:शुल्क इन्टरनेट जडान गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको दूरसञ्चार विकास कोष मार्फत अघि बढाइएको परियोजना अनुसार देशभरका ५ हजार २ सय ३३ सामुदायिक माध्यमिक विद्यालय तथा ४ हजार १ सय २२ स्वास्थ्य संस्थामा इण्टरनेट जडान गरिएको हो ।

जसअनुसार प्राधिकरणले दुई वर्षसम्मका लागि निःशुल्क इण्टरनेट उपलब्ध गराउने छ । प्राधिकरणले सार्वजनिक गरेको २०७८ माघ मसान्तसम्मको प्रगति विवरण अनुसार ९८ प्रतिशत वडा कार्यालयमा तथा अन्य सरकारी कार्यालयहरुमा ९९ प्रतिशत काम सम्पन्न भएको छ ।

६ सय ९७ स्थानीय निकायका कार्यालयमा जडान भइसकेको र ५ ओटामा बाँकी छ । त्यस्तै देशभर रहेका ५ हजार ९ सय ३३ वडा कार्यालयमा निशुल्क इण्टरनेट जडानका लागी सम्झौता भएकोमा १ सय ओटामा बाँकी रहेको छ ।

प्राधिकरणले जम्मा १६ हजार ४८ तहमा इण्टरनेट सेवा विस्तरको योजना अगाडी बढाएकोमा १५ हजार ९ सय ४३ मा सम्पन्न भएको हो ।

यसरी जडान भएका इण्टरनेट २ बर्षसम्म निशुल्क रुपमा उपलब्ध गराइने छ । २ बर्ष पुरा भएपछी भने इण्टरनेटको शुल्क तिर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here