दोहोरो अंकले बढ्यो नेप्से, टेलिकमको शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं, १० फागुन । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो शेयर बजार मापक सूचक (नेप्से) १७.४२ अंकले बढेर २७३५.९३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२८ कम्पनीको ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँ बराबरको ६० लाख ८१ हजार ८२२ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ बराबरकोकारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ११ हरियो भएको छ । भने २ वटा घटेको छ । आज टेलिकमको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

दोहोरो अंकले बढेको बजारमा बैंकिङ ८ , होटल तथा पर्यटन ४ अंक, माइक्रोफाइनान्स १५ अंकले बढेको छ । निर्जीवन बीमा १२८, जलविद्युत २७ अंकले बढेको छ ।

विकास बैंक ७०, फाइनान्स ४३, जीवन बीमा समूह ७ ,अन्य उपसमूह ४६ अंक ले बढेको छ । , उत्पादन समूह १८ र लगानी समूह घटेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा युनाइटेड इदी मर्दी हाइड्रोपावर र मैलुङ खोला रहेको छ । यी दुवैको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सामलिङ पावर ८.५२, तेह्रथुा पावर ६.७६, कर्पोरेट डेभलपमेन्ट बैंक ६.०४, वरुण हाइड्रोपावर ५.४३, घलेम्दी हाइड्रोपावर ५.१५, आइसीएफसी फाइनान्स ४.८४, न्यादी हाइड्रोपावर ४.७० प्रतिशतले बढेको छ ।

एभरेष्ट बैंक, बुद्धभूमि नेपाल, गोर्खा फाइनान्स, शिखर इन्स्ष्योरेन्स, दिव्यश्वरी हाइड्रोपावर र मध्यभोटेकोशीको शेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको २१ करोड ४९ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा अरुण भ्यालीको भएको छ । यस कम्पनीको १२ करोड ७८ लाख भन्दा बढीको कारोबार भएको छ ।

तेस्रोमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको ११ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।

बढ्दोे बजारमा आज सिभिल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १.९६ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here