‘क्यान इन्फोटेक २०२२’ वैशाख ७ गतेदेखि भृकुटीमण्डपमा सञ्चालन हुने

काठमाडौं, १० फागुन । क्यान इन्फोटेकको २७ औं संस्करण बैशाख ७ गतेदेखि सञ्चालन हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको मेला ६ दिनसम्म चल्नेछ । इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले गरेका छन ।

यसअघि पटक पटक मिति घोषणा गरिए पनि कोभिड-१९ को लहरका कारण मेला आयोजना हुन सकेको छैन ।

२०७८ साल बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म पहिलो पटक र २०७८ साल माघ १८ गते देखि २३ गतेसम्म दोश्रो पटक हुने गरी तयारी गरिएपनि स्थगित गरिएको हो ।

सफ्टवारिका कलेज अफ आईटी एण्ड इकमर्स आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्युआर इन्नोभेसन पार्टनर रहेको छ भने सनवे इन्टर्नेशनल विजनेश स्कुल एकाडेमिक पार्टनर, रिबान फुड एण्ड वेभरेज पार्टनर तथा अल्ट्रा एलईडी डीजिटल डिस्प्ले पार्टनर रहेका छन ।

त्यस्तै इन्फोटेकको प्लाटिनम प्रायोजनमा वर्ल्डलिंक कम्युनिकेशन्स, गोल्ड प्रायोजनमा नेपाल टेलिकम, जेनेरेशन नेक्स्ट कम्युनिकेशन्स र सागर ग्रुप अफ कम्पनिज र सिल्भर प्रायोजनमा नमस्ते पे, एस–पावर, ब्रोडवे इन्फोसिस नेपाल र डिजिकम रहने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here