दोहोरो अंकले घट्यो नेप्से, टेलिकमको शेयरमा लगानीकर्ताको आर्कषण कायमै

काठमाडौं, ११ फागुन । शेयर बजार दोहोरो अंकले घटेको छ । केही दिन बढेको बजार साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँ बराबरको ६२ लाख ४७ हजार ४४७ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये १ हरियो भएको छ । भने ११ वटा घटेको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.०७ प्रतिशतले बढेको छ भने उत्पादनमूलक १.२२ प्रतिशतले घटेको छ । आजपनि टेलिकमको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । मंगलवार ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा दिव्याश्वरी हाइड्रोपावर, युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनी रहेको छ ।

यी दुवैको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । घलेम्दी हाइड्रोपावरको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

तेह्रथुम पावर ८.८४, रुरु जलविद्युत् ७.४८, सामलिङ पावर ६.८४, आरबीबी म्युचुअल फण्ड १, मध्यभोटेकोशी, बुद्धभूमि नेपाल र मैलुङखोलाको शेयर मूल्य साढे ५ प्रतिशतले बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको १९ करोड ३७ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा घलेम्दीको भएको छ । यस कम्पनीको १२ करोड ८५ लाख भन्दा बढीको कारोबार भएको छ । हिमालयन डिस्ट्रीलरीको ९ करोढ ५८ लाखको कारोबार भएको छ ।

घट्दो बजारमा आज प्रभु बैंकको डिबेञ्चरधनीले सबैभन्दा धेरै ३.९६ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here