राष्ट्र उत्थानको आइपीओ बाँडफाँड बिहीवार, २५ लाख बढीको हात खाली हुने

काठमाडौं, ११ फागुन । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बिहीवार आइपीओ बाँडफाँड गर्ने भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार विहीबार दिउँसो ३ बजे आइपीओ बाँडफाँड गर्न लागेको हो ।

लघुवित्तले फागुन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुल्ला गरेको थियो।

जसमध्ये १३ हजार कित्ता कर्मचारीहरुलाई ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ। लघुवित्तको आइपीओमा २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३८.४२ गुणा बढी आवेदन हो । जसमा ७९ हजार ४५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २५ लाख ५५ हजार १७६ जनाको भने हात खाली हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here