इलाम भ्रमणमा जाँदै हुनुहुन्छ ? अब जहाजमा सरर

काठमाडौं,११ फागुन । इलाम भ्रमणमा जानेहरुले अब लामो सडक यात्रा गरिरहनु पर्ने बाध्यता हटेको छ । जिल्लामा हालै निर्माण सकिएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान सुरु भएको छ ।

इलाम नगरपालिकासँगको सम्झौता अनुसार तारा एयरले काठमाडौं(इलाम नियमित उडान थालेको छ । तारा एअरको नाइन एनएलओ टुइनअटर जहाज बिहान १०ः४० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एअरपोर्टमा अवतरण गरेको हो ।

तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले बताए । उनले विमानस्थल निरन्तर उडानका लागि प्रतिवद्ध रहेको समेत बताए । रिमालले कमर्सियल फ्लाइटलाई निरन्तरता दिने समेत बताए ।

इलामवासीको साथ र सहयोग भए निरन्तर उडान गर्न सकिने समेत उनले बताए ।

तारा एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विभिन्न पर्यटन व्यवसायी, पर्यटन बोर्ड र इलाम नगरपालिकाको सहकार्यमा मात्र उडान सफल भएको बताए ।

उनले आगामी दिनमा निरन्तर उडान भर्न अध्ययन भइरहेको र इलामवासीले सहयोग गरेर निरन्तर उडानलाई सहजता प्रदान गर्ने विश्वास रहेको बताए । उनले अबका दिनमा सो विमानस्थलमा आइतबार र बिहीबार दुई दिनका लागि उडान तालिका बनाएको जानकारी दिए ।

पहिलो व्यवसायिक उडानमा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका अध्यक्ष अच्युत गुरागाईं, होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाह सहितको पर्यटन व्यवसायी लगायत यात्रु तथा तारा एअरका प्राविधिक टोली गरी १४ जना सहभागी भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here