कच्चा तेलको भाउ सात वर्षयताकै उच्च विन्दुमा , नेपालमा कस्तो प्रभाव पर्ला ?

(Photo by Johannes EISELE / AFP)

काठमाडौं, १२ फागुन । विश्व बजारमा कच्चा तेलको भाउ सात वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित संयुक्त राज्य अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि तेल मूल्य प्रतिब्यारेल ९७ दशमलव ४४ अमेरिकी डलर पुगेको हो ।

प्रतिबन्धको परिणामस्वरुप अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ तीव्र गतिमा बढिरहेको छ ।

विश्वमा अमेरिका सबैभन्दा बढी इन्धन खपत गर्ने मुलुक हो । अमेरिकासहित विकसित मुलुकले गर्ने मूल्य निर्धारणमा नेपालजस्ता मुलुकसम्म पनि यसको असर पर्छ ।

दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको थियो ।

प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रुस साउदी अरेबियापछि विश्वको दोस्रो ठूलो तेल निर्यात गर्ने मुलुक हो ।

रूसले युक्रेनी पृथकतावादीहरूको नियन्त्रणमा रहेको दुई क्षेत्रलाई मान्यता दिँदै आफ्नो सेनालाई ती क्षेत्रमा पठाएसँगै बेलायत र अन्य धेरै पश्चिमी मुलुकले रूसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।

नेपालमा कस्तो प्रभाव पर्ला ?

जानकारहरुको अनुसार अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्ने बित्तिकै नेपालमा तेलको मूल्य बढ्दैन् । तर, तेलको मूल्य बढ्दो क्रममा रहेका कारण नेपालको अर्थतन्त्रमा भने सकारात्मक प्रभाव पर्नेछ ।

यसले आगामी दिनमा आउने विप्रेषणलाई भने अप्रत्यक्ष नकारात्मक असर गर्ने उनीहरु बताउँछन्।

लगातार कच्चा तेलको मूल्य बढ्दा त्यसको निकट भविश्यमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्ने निश्चित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here