रुस-युक्रेन युद्ध प्रभाव, १ सय डलर नाघ्यो तेलको मूल्य

(Photo by Johannes EISELE / AFP)

काठमाडौं, १२ फागुन । रुसले युक्रेनमा सेना पठाएपछी तेलको मूल्य १ सय डलर नाघेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पटिनले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा विशेष सैन्य कारबाही शुरु गरेपछि तेलको मूल्य प्रति ब्यारेल १०२ डलर नाघेको हो ।

साउदी अरेयिबा पछी रुस विश्वको दोश्रो ठूलो तेल निर्यातकर्ता हो । साथै विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास निर्यातक पनि हो ।

प्रतिबन्धको परिणामस्वरुप अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ तीव्र गतिमा बढिरहेको छ ।

विश्वमा अमेरिका सबैभन्दा बढी इन्धन खपत गर्ने मुलुक हो । अमेरिकासहित विकसित मुलुकले गर्ने मूल्य निर्धारणमा नेपालजस्ता मुलुकसम्म पनि यसको असर पर्छ ।

दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको थियो ।

कच्चा तेलको भाउ सात वर्षयताकै उच्च विन्दुमा , नेपालमा कस्तो प्रभाव पर्ला ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here