सेञ्चुरी बैंकको थप दुई नयाँ शाखा विस्तार

काठमाडौं, १३ फागुन । सेञ्चुरी बैंकका थप दुई शाखा टेकु र पेप्सीकोलामा सञ्चालनमा आएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले टेकु शाखा र संचालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका संचालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा. गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । टेकु र पेप्सीकोलामा थप दुई शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २५ पुगेको छ ।

बैंकको कुल शाखा संख्या १२८ पुगेको छ । भने बैंकले १० एक्सटेन्सन काउण्टर २५ शाखारहित बैंकिङ्ग र १०७ वटा एटीएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here