बर्लिन दूतावासले युक्रेनमा बस्ने नेपालीलाई भन्यो-‘घरभित्रै सुरक्षित रहनू’

Photo : aa.com.tr

काठमाडौं, १३ फागुन । जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेनमा बसोबास गरिरहेका नेपाली नागरिकलाई संयमता अपनाई घरभित्रै सुरक्षित रहन आग्रह गरेको छ ।

रूसले युक्रेनमा आक्रमण गरेसँगै त्यहाँ रहेका नेपाली त्रासले युक्रेन छाड्न थालेपछि उक्त आग्रह गरेको हो । सीमावर्ती मुलुक छिर्न सकिने आशमा उनीहरू बसिरहेको ठाउँ छाडेर भाग्न थालेका छन्।

नेपाली दूतावासद्धारा जारी विज्ञप्तिमा युक्रेनको हवाई क्षेत्र नागरिकरव्यावसायिक उडानका लागि अल्पकालीन बन्द भएकोले हवाई मार्गबाट तत्काल युक्रेन छाड्न सम्भव नभएको देखिएकाले बसिरहेकै स्थानमा सुरक्षित रहन आग्रह गरिइको छ ।

सम्भव भए सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका सुरक्षित ठाउँमा जानसमेत दूतावासले सुझाएको छ।

त्यस्तै राहदानी, परिचयपत्र, सवारी चालक अनुमति पत्र, बैंकको कार्डलगायत कागजात आफ्नो साथमा राख्न साथमा राख्न अनुरोध गरिएको छ।

एयरसाइरन वा बम वार्निङ आदिको अवस्था भए नजिकको बम सेल्टर प्रयोग गर्न (भूमिगत रेलमार्ग) र घटनाबारे नियमित अध्यावधिक जानकारी राख्न दूतावासले अनुरोध गरेको छ ।

साथीभाइ, परिवार र नियोगसँग नियमित सम्पर्कमा रहन दूतावासले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here