सामान्य अंकले घट्यो नेप्से, ३ अर्ब २७ करोडको कारोबार

काठमाडौं, १५ फागुन । शेयर बजार सामान्य अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ७.७३ अंकले घटेर २७५३.७० विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२४ कम्पनीको ३ अर्ब २७ करोड २७ लाख ७३ हजार ३४७ रुपैयाँ बराबरको ७० लाख ४० हजार २८ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । विहीवार ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९१ रुपैयाँ बराबरको भएको थियो ।

कारोबारमा आएका १३ मध्ये ११ वटाको परिसूचक राताम्मे भएका छन् । भने २ वटा बढेको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.०४ प्रतिशतले बढेको छ भने उत्पादनमूलक १.०९ प्रतिशतले घटेका छन् ।

नेप्सेका एक कम्पनीको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा आज ४.५३ प्रतिशतले बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २० करोड ४४ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको १९ करोड बढीको कारोबार भएको छ ।

तेस्रोमा नेशनल हाइड्रोको भएको छ । यस कम्पनीको १४ करोड भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, आज दुई कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्य घट्ने कम्पनीहरुमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र तेह्रथुम पावर कम्पनी रहेको छ ।

त्यसैगरी, तेह्रथुम पावर ४.०२, सामलिङ पावर ३.६५, नारायणी विकास बैंक ३.१४, शिवम सिमेन्ट ३.०५, कर्पोरेट डेभलपमेन्ट, एनआइबीएल प्रगति फण्ड, सनराइज ब्लुचिप फण्ड, नेरुडे लघुवित्त र मल्टिप्रपोज फाइनान्सको मूल्य साढे २ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here