एमसीसीकोविरुद्ध सोमवार नेपाल बन्दको घोषणा

फाइलफोटो

काठमाडौं, १५ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलीय गठबन्धन र २ वटा मोर्चालेले सोमवार नेपाल बन्दको आव्हान गरेको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विरुद्ध गठबन्धनले नेपाल बन्दको घोषणा गरेको हो । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ती दलहरुको बैठकले फागुन १६ गते बन्द गर्ने निर्णय लिएको हो ।

विप्लवको नेकपा,सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा,आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,मोहन बैद्य किरणको क्रान्तिकारी माओवादी,ऋषि कट्टेलको नेकपा र माओवादी केन्द्र समाजवादीले संयुक्तरुपमा नेपाल बन्दको आव्हान गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here