संसदबाट एमसीसी सम्झौता बहुमतले अनुमोदन

फाइलफोटो

काठमाडौं, १५ फागुन । अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संघीय संसद्को प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन भएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेबाहेक सत्तागठबन्धनका अधिका‌ंश सांसदले उक्त एमसीसी सम्झौताको पक्षमा समर्थन जनाएपछि बहुमतले अनुमोदन भएको हो ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकाेटाले समर्थन जनाउने सांसदकाे बहुमत रहेकाेले एमसीसी सम्झाैता बहुमतले पारित भएकाे घाेषणा गरे । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूले एमसीसीको पक्षमा ध्वनि मत प्रकट गरे।

राष्ट्रिय जनमोर्चा, राप्रपा, नेमकिपा लगायतका दलले भने विपक्षमा ध्वनि मत दिएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने घेराउमै थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here