थप १८० जनामा कोरोना संक्रमण, ४०० जना संक्रमणमुक्त

काठमाडौं, १६ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ गरी १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७६ हजार ९८४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४०० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५६ हजार ४१३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८ हजार २३४ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here