नेपाल बैंकका कर्मचारीलाई आगन्तुक रिसोर्टमा २५ प्रतिशत छुट

काठमाडौं, १७ फागुन । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूले आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।

बैंक र रिर्सोटबीच बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकहरूलाई धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।

नेपाल बैंक र आगन्तुक रिसोर्टबीच फागुन १६ गते भएकोे सम्झौता बमोजिम नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरूलाई आगन्तुक रिसोर्टमा खाना तथा आवासमा २५ प्रतिशत र पेय पदार्थमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

त्यसैगरी यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग, इन्टनेट बैंकिङ्ग र क्युआर कोड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई पनि उक्त छुट दिने व्यवस्था गरिएको छ ।

नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख वित्त अधिकृत होमबहादुर खड्का र आगन्तुक रिर्सोटको तर्फबाट बोर्ड संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाल बैंकका प्रमुख वित्त अधिकृत होमबहादुर खड्काले आगन्तुक रिसोर्टले नेपाल बैंकका कर्मचारी र ग्राहकहरुलाई विषेश छुट प्रधान गर्ने निर्णय गरेकोमा रिेसोर्ट प्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

आगन्तुक रिर्सोटका बोर्ड संयोजक कृष्ण ज्ञवालीले नेपालको ठूलो र सबल बैंकसँग सहकार्य गर्ने पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा यो सहकार्य थप मजबुत हुंदै जाने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाल बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल र आगन्तुक रिसोर्टका मार्केटिङ्ग प्रमुख प्रभाकर खड्का लगायतको पनि उपस्थिति रहेको थियो ।

नेपालभर २१३ शाखाहरू, १४७ एटिएम साथै ४९ ओटा एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याईरहेको नेपाल बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अघि बढीरहेको छ ।

विगत केही बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

दक्ष व्यवस्थापन, यवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । नेपाल बैंकले डिजिटल कारोवारलाई जोड दिएसँगै यस बैंकका डिजिटल सुविधाहरू प्रयोग गरि कारोवार गर्ने ग्राहकहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here