कृषि विकास बैंकको बोनस सेयर डिम्याट खातामा

काठमाडौं, १८ फागुन । कृषि विकास बैंक लिमिटेडले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

बैंक आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

उक्त घोषणा अनुरुप नै बोनस सेयर वितरण गरेको हो ।

कम्पनीले यस वर्ष बोनस शेयरसँगै कर प्रयोजनका लागि १ दशमलव ०५३ प्रतिशत नगद लाभांश समेत दिएकाले सेयरधनीहरुले बोनस सेयरमा लाग्ने कर तिर्नुपर्नेछैन् ।

कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बोनस शेयर फागुन १५ गते बैंकले धितोपत्र दोस्रो बजारमा सूचीकृत समेत गराईसकेको छ ।

यसर्थ हितग्राही खातामा प्राप्त बोनस सेयर सदस्यहरुले कारोबार गर्न सक्नेछन् ।

हालसम्म आफ्नो सेयर अभौतिभीकरण नगराएका सदस्यहरुले यथासिघ्र गराई बोनस सेयर सुरक्षित गर्न कम्पनीले आग्रह गरेको छ ।

पुस १५ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकको बोनस शेयर भने सम्बन्धीत कम्पनीकै नाममा रोक्का रहेकाले फुुकुवा भएको खण्डमा सम्बन्धीत कम्पनीमै सम्पर्क राख्न कम्पनीले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here