‘हिमालयन हाइड्रो एक्स्पो’ चैत १८ गतेदेखि हुँदै, ५० प्रतिशत विदेशी स्टल रहने

काठमाडौं, १८ फागुन । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ आयोजना गर्ने भएका छन्।

आगामी चैत १८ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा तेस्रो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो’ आयोजना गरिएको हो। एक्स्पोमा सयभन्दा बढी स्टल रहने छन्।

आयोजकले बुधबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने जनाएको छ।

‘नेपाली विद्युतको बजार खोजी’ नारा दिएर आयोजना गर्न लागेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले जनाएको छ। एक्स्पो योभन्दा अघि दुईपटक आयोजना भइसकेको छ

भारतीय दूतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका उर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बीचमा पारस्परिक सहयोग र सहकार्यमा समेत सहजता आउने आयोजकको अपेक्षा छ।

यसबाट नेपालको जलविद्युतको बजार र व्यापार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको थप अवसर उजागर हुने विश्वास लिइएको छ।

जलविद्युत प्रवद्र्धक, इक्युपमेन्टस् सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने भएको छ।

ती स्टलमध्ये झण्डै ५० प्रतिशत विदेशी स्टल रहने अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here