सोपानका ६ प्रकारका औषधि उत्पादन सार्वजनिक

काठमाडौं, २० फागुन । सोपान फर्मास्यूटिकल्स लिमिटेडले विभिन्न ६ प्रकारका औषधिहरू उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण शुरू गरेको छ ।

सोपानले माइजिथ, मन्ट्रिन, एलर्ज, सिप्राइट, अनमिट र एनियुर सार्वजनिक गरेको हो ।

माइजिथ व्याक्टेरियल इन्फेक्सनका लागि हो भने मन्ट्रिनले दम र एलजीएका लागि काम कम्पनीले जनाएको छ । त्यस्तै एलर्जले एलर्जी, सिप्राइटले एलर्जी र भोक, अनमिटले वान्ता र एनियुर ले भिटामिन बी१ को कमीमा काम गर्नेछ ।

कोभिड–१९ महामारीको समयमा अत्यावश्यक अक्सिजन उत्पादन गरी विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सर्वसुलभ रूपमा उपलब्ध गराई नेपाली जनताको स्वस्थ्यमा प्रत्यक्ष सहयोग पु-याएको कम्पनीले हाल विभिन्न औषधिहरू उत्पादन गरिरहेको छ ।

सोपान फर्मास्युटिकलसले कोभिड–१९ महामारीको दोस्रो लहरमा देशभरी सहज रूपमा ढुवानी गर्न सकिने र अकस्मात पर्दा प्रयोग गर्न सकिने अक्सिनज क्यान ‘OXGEN’ को उत्पादन तथा बजारीकरण गरेको थियो ।

सोपान मल्टिपल कम्पनी एउटा इन्भेस्टमेन्ट कम्पनी हो । यस कम्पनीले शिक्षा, स्वास्थ्य र उर्जा क्षेत्रमा विगत तेह्र वर्ष देखि लगानी गर्दै आइरहेकोमा हाल औषधि क्षेत्रमा लगानी गर्ने क्रममा सोपान फर्मास्यूटिकल्स लिमिटेड मार्फत एक सय २७ करोड लगानी गरेको छ ।

फर्मास्युटिकल्सको बार्षिक क्षमता ९० करोड ट्याब्लेट, ७ करोड क्याप्सुल, ३ लाख लिटर लिक्विड, ३० लाख बोतल ड्राइ पाउडर र ३० लाख ट्युब मलम उत्पादन गर्नु रहेको छ ।

२२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त कम्पनीको नन्–बेटा ब्लक ४७०० स्क्वायर फिट र सेफा ब्लक २४०० स्क्वायर फिट रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको जिएमपि गाइडलाइनलाई पालना गर्दै अत्याधुनिक एचपिएलसि सिस्टम, क्लिन रुम सिस्टम तथा वाटर प्युरीफिकेसन सिस्टमको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, औषधिहरूको गुणस्तरीयता परीक्षण गर्नको लागि आवश्यक पर्ने एचपिएलसी उपकरण तथा अन्य आवश्यक उपकरणहरू जडान गरिएको छ ।

साथै औषधिको ट्राष्द ब्याच तथा स्टाविलिटी टेस्ट गर्नका लागि अत्याधुनिक किसिमका रिसर्च एण्ड डेभलपमेन्ट (आर एण्ड डि) तथा माइक्रोवाइलोजी ल्याब स्थापना गरी सञ्चालन गरिएको छ ।

त्यस्तै कारखानाबाट निस्कने औषधिजन्य फोहोरहरूलाई शुद्धिकरण गर्नको लागि एफ्लुअन्ट ट्रिटमेन्ट प्लान्ट जडान गरी औषधिजन्य फोहोर व्यवस्थापन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here