तारा एयरको पोखरा–जोमसोम नियमित उडान शुरु

काठमाडौं, २२ फागुन । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले दुई महिनापछि पोखरा–जोमसोम नियमित उडान सुचारु गरेको छ ।

डिसेम्बर २० बाट बन्द भएको पोखरा- जोमसोमको नियमित उडान आइतवारदेखि सुचारु गरेको हो ।

आज ५ ओटा प्यासेन्जर फ्लाईट भएको थियो । इन्डियन नागरिक र अन्य बिदेशी यात्रुहरुले यात्रा गरेका थिए ।

यो रुटका लागि कम्पनीले एउटा ट्विनअटर पोखरा बेस राखेरै उडान गर्नेंछ।

हवाई उडानका लागि मौसम अनुकूल भइसकेकाले आन्तरिक र बाह्य पर्यटकसँगै स्थानीयलाई पोखरा(जोमसोम आउजाउ सजिलो बनाउन उडान शुरु गरेको एयरलाइन्सले जनाउको छ ।

यती एयरलाइन्सको सहायक कम्पनी ताराले मुलुकका विभिन्न विकट गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

जोमसोम, लुक्ला, सिमिकोट आदिको बुकिङ हेर्दा यो बर्ष पर्यटक बढ्ने एयरलाइन्सको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here