विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यमा आवेदन माग

काठमाडौं, २३ फागुन । विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग गरेको छ ।

समितिले सोमबार सूचनामार्फत एक अध्यक्ष र तीन सस्दस्य पदका लागि आवेदन माग गरेको हो । एक अध्यक्ष र एक महिलासहित तीन सदस्य पदमा नियुक्तिका लागि आवश्यक न्यूनतम योग्यता पुगेकाले आवेदन दिन सक्छन्।

समितिको सूचनामा भनिएको छ, ‘विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष (एक) र तीन सदस्य (एकजना महिलासहित) पदमा नियुक्तिका लागि सोही दफामा तोकिएबमोजिम आवश्यक न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उमेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र उक्त ऐनको दफा ७ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिसमक्ष तपसिल बमोजिमका कागजात तथा विवरणसहित यस मन्त्रालयमा आवेदन पेस गर्न यो सूचना प्रकाशन गरिएको छ ।’

इच्छुक आवेदकले विद्युत् नियमन आयोग नियमावली, २०७५ को अनुसूची–१ बमोजिमको आवेदन (आवेदनसाथ व्यक्तिगत विवरण, नोटरी पब्लिकबाट प्रमाणित शैक्षिक योग्यताका प्रति र कार्य अनुभवसम्बन्धी कागजात) पेस गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here