रक्सी बोतलको लेबलमा महात्मा गान्धीको तस्वीर भेटिएपछि …

२४ असार । इजरायलमा एक रक्सी उत्पादन कम्पनीले महात्मा गान्धीको फोटा अंकित लेवल बनाएर बिक्री गरेको पाइएपछि भारतले हस्तक्षेप गरेको छ ।
इजरायलमा महात्मा गान्धीको तस्वीर लगाएर रक्सी बिक्री भइरहेको जानकारी सांसद संजय सिंहले राज्य सभामा उठाएका थिए ।

त्यसपछि विदेश मन्त्रालयले यसबारे चासो लियो । भारतीय संचारमाध्यमहरुका अनुसार विदेश मन्त्री जयशंकर आफैले यस मामलामा चासो लिए र इजरायल सरकारसँग कारवाहीको माग गरे ।

त्यसपछि इजरायल सरकारले उक्त रक्सीको आपूर्ति बन्द गर्यो । साथै उक्त कम्पनीले माफी समेत मागेको बताइएको छ ।

सांसद संजय सिंह आम आदमी पार्टीका हुन् । विदेश मन्त्री जयशंकरले सिंहलाई पत्र लेखी रक्सी उत्पादन बन्द भइसकेको जानकारी गराएका छन् ।

महात्मा गान्धीलाई भारतमा राष्ट्रपिता मानिन्छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here