थप १९४ जनामा कोरोना संक्रमण, ३४८ जना संक्रमण मुक्त

काठमाडौं, २४ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० गरी १९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार ६४१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३४८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५९ हजार ८१७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ८७५ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here