मलेसियामा दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुला

काठमाडौं, २५ फागुन । मलेसियामा झन्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि पनि प्रवेश खुला गर्न लागिएको छ।

आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले जानकारी दिएका छन्।

कोरोना महामारीका कारण मलेसियाले दुई वर्ष अगाडि अर्थात् सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिबन्ध लगाएको थियो।

कोरोनाभाइरसको महामारी कम भएको र प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले विदेशी पर्यटकलाई पनि स्वदेश प्रवेशमा खुला गर्न लागिएको हो।

विश्वका अरू धेरै देशमा पनि महामारी कम भएको र ती देशहरूले समेत विदेशी पर्यटकलाई खुला गरेकाले प्रतिबन्ध लगाइरहनु आवश्यक नरहेको अधिकारीले निष्कर्ष निकालेका हुन्।

दक्षिण एसियाली मुलुक मलेसियामा पर्यटकहरूको ठूलो भीड लाग्ने गर्छ भने पर्यटन व्यवसायबाट ठूलो आम्दानी हुने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here