सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ५ हजार नाघ्यो

काठमाडौं, २५ फागुन । विगत केही दिन देखि उकालो लागेको सुनको भाउ नेपाली बजारमा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको भाउले नयाँ रेकर्ड बनाएको हो ।

बुधबार छापावाल सुनको भाउ प्रतितोला २५ सय रुपैयाँ बढेर १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगलबार १ लाख ३ हजार कायम भएको थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितेला १ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

बुधवार मूल्य बढेसँगै डेढ वर्षअघिको उच्च मूल्यको रेकर्ड तोडिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा असर परेको जानाकारहरु बताउँछन् ।

२०७७ साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता निरन्तर घट्दै प्रतितोला ८८ हजार रुपैयाँसम्म आइपुगेको सुन फेरी बढेर १ लाख ५ हजारभन्दा बढी पुगेको हो ।

साथै, चाँदीको मूल्य प्रतितोला १ हजार ४५० रुपैयाँ पुगेको छ । हिजो तोलामा १४ सय १० रुपैयाँले कारोबार भएको चाँदी आज एकै दिन प्रतितोला ४० रुपैयाँले बढेको हो ।

रुसको विवादको असरले सुनको माग बढ्न गएको हो, जसले केही सातादेखि मूल्यमा असर पारिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here