संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं, २६ फागुन । संखुवासभामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।

संखुवासभाबाट दमकका लागि छुटेको ४ ख ७३५ नम्बरको बस संखुवासभाको मादी नगरपालिका ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको संखुवासभासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानाकारी दिए ।

उनका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर छ ।

बसमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

घाइतेहरूको चैनपुरमाा उपचार हुँदैछ । हाल घटनास्थलमा उद्धारकार्य जारी छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here