रुस-युक्रेन द्वन्द्वबाट प्रभावित सबै नेपालीको उद्धार, ५८४ जना सुरक्षित गन्तव्यमा

काठमाडौं, २६ फागुन । रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकासं नेपालीहरुको उद्धार कार्य सम्पन्न भएको छ ।

रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाएका हुन् ।

जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरु आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको बताए ।

खड्काले अन्य देशको तुलनामा नेपालीहरुको उद्धार कार्य निकै छिटोछरितो भएका कारणले युद्धमा नेपालीहरुको ज्यान सुरक्षित रहेको बताए ।

उनले उद्धारको कार्य सम्पन्न भए पछि उनीहरुको पुर्नस्थापना गर्ने कार्य चुनौती पूर्ण रहेको बताए ।

पछिल्लो तथ्यांक अनुसार हाल सम्म पोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् । हाल सम्म ५८४ जना नेपालीहरु सुरक्षित गन्तव्यमा पुगेका छन् ।

राजदुत खड्का अनुसार ३ जना नेपालीहरुलाई भारतीय उडान मार्फत उद्धार गरिएको छ। उनीहरु भारतको नयाँ दिल्ली हुँदै नेपाल जाने तयारीमा छन् ।

युक्रेनबाट निस्केका मध्ये ४०जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ। करिब ३८ जनाको परिवार आफ्नो व्यवसाय सहित स्थाईबसोबास गर्दे आउनुभएकोले पारिवारी, कानुनी रव्यवहारिक कारणले युक्रेनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here