कच्चा तेलको भाउ एकैदिन १७ प्रतिशत घट्यो

gettyimages

काठमाडौं,२६ फागुन । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ एकैदिन १७ प्रतिशतले घटेको छ ।

संयुक्त अरब इमिरेटसले उत्पादन बढाउन सहयोग गर्ने भनेसँगै तेलको भाउ घटेको हो ।

पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक को सदस्य राष्ट्र यूएईले युक्रेनी संकटपछी रुसी तेलमा लगाइएको प्रतिबन्धले बजारमा देखिएको आपूर्ति अवरोध कम गर्न थप तेल उत्पदन गर्ने बारे विज्ञप्ति जारी गरेको थियो ।

सो बिज्ञप्ति जारी भएँगै कच्च तेलको भाउमा भारी गिरावट आएकोे हो । रुसले युक्रेनमा युद्ध शुरु गरेपछि लामो समय सम्म बढेको कच्चा तेलको भाउ बुधबार घटेको हो ।

यूएई र साउदी अरब उत्पादन बढाउने अतिरिक्त क्षमता भएका केही ओपेक देशहरुमा पर्दछन् ।

रुस, युक्रेन युद्धले तेलको भाउ बढेसँगै अमेरिकारले विश्वका विभिन्न तेल उत्पदक देशहरुलाई उत्पादन बढाउन भनेको थियो ।

त्यसो त रुस र युक्रेनबीचको द्वन्द्व साम्य हुने संकेतमा पनि तेल बजारमा बुधवार कमी आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here